नियम ४६
नामसारीको लिखत गर्ने
समितिले अन्यथा निर्णय गरेमा बाहेक रीतपूर्वक नामसारीको लिखत तयारी गरी नामसारी लिने र दिने दुबै पक्षको मन्जूरको सही छाप लगाई सो लिखित लिई शेयर प्रमाणपत्र सहित राखी कर्पोरेशनको कार्यालयमा दाखिल नगरेसम्म त्यस्तो शेयरको कुनै नामसारी रजिष्टर गर्ने छैन । त्यस्तो नामसारीको लिखतमा नामसारी गरी लिने र दिने दुवैको सहिछाप ठेगाना र पेशा उल्लेख भएको हुनु पर्छ । नामसारी गरी लिनेको नाममा सो शेयर रजिष्टर नगरीएसम्म नामसारी गरी दिने व्यक्तिनै सो शेयरको धनी मानिनेछ । त्यस्तो व्यक्तिले पनि आप्नो सहिछाप ठेगाना र पेशा समेत लेखेको हुनु पर्छ ।